कांग्रेसमा मधेशी सहमहामन्त्रीका लागि महाभारत, धनुषाबाटै तीनको उम्मेदवारी



जनकपुरधाम, असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेशी सहमहामन्त्री पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराए पछि महाभारत मच्चिने प्रायः निश्चित भएको छ ।

मधेशी क्लस्टरतर्फ महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका हुन्।

उम्मेदवारमध्ये महेन्द्र यादव, रामपल्टन साह र मुक्ताकुमारी यादव धनुषाकै भएकाले मधेशी सहमहामन्त्री पदमा धनुषाबाट मात्रै तीन जनाको दाबी परेको छ। महेन्द्र यादव १४ औ महाधिवेशनमा मधेशी क्लस्टरतर्फबाट सहमहामन्त्री निर्वाचित भएका थिए।

यस्तै मधेशीसहमहामन्त्रीका लागि महोत्तरीबाट किरण यादव र नगिना यादवले उम्मेदवारी दिएकी छिन भने सर्लाहीबाट मनिषकुमार मिश्रले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनी लोसपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका नेता हुन्।

सहमहामन्त्रीमा उम्मेदवारी दिएकाहरुमा चौरसीया पर्साबाट प्रतिनिधित्व गर्छ भने अभिशेष प्रताप शाह कपिलबस्तुबाट प्रतिनिधित्व गर्दछन ।

मधेशी क्लस्टरमा एक पदका लागि आठ जनाको उम्मेदवारी परेपछि कांग्रेस महाधिवेशनमा यो पदमा प्रतिस्पर्धा बहुपक्षीय बनेको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न समावेशी क्लस्टरमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार ०६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको