जनकपुरधाम, मंसिर ८ । कोशी प्रदेशस्थित लेलेप क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का जनकपुरधाम सहित नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको छ।
एन्ड्रोइड भूकम्प अलर्ट सिस्टमका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रविन्दु कोशी प्रदेशको लेलेप क्षेत्रबाट करिब ८ किलोमिटर टाढा रहेको अनुमान गरिएको छ।
भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस गरिएको बताइएको छ। बिहानै भूकम्पको धक्का महसुस भएपछि प्रभावित क्षेत्रका स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए।
भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। घटनाबारे आधिकारिक निकायबाट थप विवरण आउन बाँकी छ।



