तराईका चार जिल्लामा ठाकुर पक्षको कार्यकर्ता भेला



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का पूर्वअध्यक्ष महन्थ ठाकुर पक्षले आज चार जिल्लामा कार्यकर्ता भेला राखेको छ।

झापा, धनुषा, पर्सा र कैलालीमा अगुवा कार्यकर्ता भेला राखेको जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य केवश झाले बताए। उनका अनुसार झापाको भेलालाई केशव झा र सन्तोष मेहताले सम्बोधन गर्नेछन्।



त्यस्तै, धनुषाको अगुवा कार्यकर्ता भेलालाई महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया र वृषेशचन्द्र लालले सम्बोधन गर्ने तय भएको छ।

पर्साको भेला शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र बिमल श्रीवास्तवले सम्बोधन गर्ने छन् भने कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी र दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने भएका छन्।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै ठाकुर पक्ष कार्यकर्ता भेटभाटमा गएको हो। शुक्रबार पनि केही जिल्लामा कार्यकर्ता भेला गरिएको थियो।

प्रकाशित मिति: २०७८ श्रावण २३, शनिबार ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको