पुनम शर्मा
जनकपुरधाम । जनकपुरधामका एक मनकरीले यहाँ स्थित जानकी वृद्धाश्रममा फलफूल, दुध, मिठाइ, नास्ता लगायतका सामग्री वितरण गरेका छन् ।
नेपाल मानव धर्म सेवा समिति वकील टोलका अध्यक्ष बसन्तकुमार श्रेष्ठले आफ्नो आमा कालीमैयाको बार्षिक पुण्यतिथिको अवसरमा ती सामग्रीहरु वितरण गरेका छन् । चन्दाको भरमा चल्ने जानकी वृद्धाश्रममा गरेको सामग्री वितरणले आमाहरु खुशी हुनुका साथै उनले अरुलाई पनि प्रेरणा दिएका छन् ।
जनकपुरधाम–१० बस्ने श्रेष्ठले वृद्धाश्रमका आमाहरुमा देखिएको खुशीले आफ्नो आमा खुशी भएको जस्तो लागेको प्रतिक्रिया दिएका थिए । ‘जे जति हुन सके आमाहरुको अनुहार खुशी हेरेर आफ्नो आमा खुशी भएको अनुभूति भएको छ’ उनले भने–‘सधै सकिदैन् तर, मौका मिलाएर सवैले आमाहरको अनुहारमा खुशी ल्याउनु पर्छ ।’
हुनत दातृनिकायहरुले वृद्धाश्रमलाई सहयोग गर्दै आएको छ तर, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले वृद्धाश्रमलाई उपेक्षा गर्दै आएको छ । वृद्धाश्रममा रहेका आमाहरु दाताहरुको पर्खाइमा बसेको जस्तो वातावरण रहेको छ जानकी वृद्धाश्रमको ।

दाताको भरमा चल्ने वृद्धाश्रममा रहेका आमाहरुकोलागि स्थानीय, प्रदेश सरकारले उपेक्षा गरेका वेला मनकरीहरुको सहयोगले आमाहरुको खानपिनको व्यवस्था हुँदै आएको छ ।







