जनकपुरधाम उपमहानगरद्वारा निजी विद्यालय बन्द गर्ने चेतावनी



जनकपुरधाम । जनकपुरधाम उप महानगरपालिकाले नगर क्षेत्र भित्र रहेको विद्यालयहरुलाई विद्यालय बन्द गर्ने सम्मको चेतावनी दिएको छ । नगरपालिकाले जारी गरेको एक सूचनामा जति कक्षा सम्मको अनुमती प्राप्त गरेको छ त्यति कक्षा सम्म मात्र सञ्चालन गर्न गराउन सुझाव दिदैँ अनुमति प्राप्त गरेको भन्दा बढी कक्षा सञ्चालन गरेको पाइए विद्यालयको अनुमती रद्द गरी र अनुमती नपाएका संस्था भए अवैधको सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ ।

जनकपुरधामका निजी विद्यालयहरुमा अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गर्ने गरेको गुनासो बढेपछि शिक्षा महाशाखा प्रमुख अञ्जु पाण्डेले चालु शैक्षिक सत्रमा अनुमति विपरीत कक्षा सञ्चालन गरेमा कारवाही गर्ने चेतावनी दिएकी छन् । उनले अभिभावकहरु संग पनि २०८० बैशाख देखि विद्यार्थी भर्ना गर्दा उक्त शैक्षिक संस्था अनुमती प्राप्त छ छैन् यकिन गरी भर्ना गराउन आग्रह गरेकी छन् ।

प्रकाशित मिति: २०८० बैशाख ७, बिहीबार ०६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको