राष्ट्रियसभा निर्वाचनः सत्तारूढ दलबीच नै सिट बाँडफाँट हुने



काठमाण्डु । राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठकले निकाल्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता साझेदार चार दलका शीर्ष नेताबीच छलफल भएको र आजै साँझ बस्ने अर्को बैठकले निष्कर्ष निकाल्ने सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले राससलाई जानकारी दिनुभयो । पहिलो चरणमा ४ बजे प्रमुख चार राजनीतिक दल र ५ बजे गठबन्धनमा आबद्ध सबै दलको बैठक बोलाइएको नेता लेखकले जानकारी दिनुभयो ।

साँझको बैठकमा सत्ता साझेदार सबै दललाई आमन्त्रण गरिएको छ । यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० सँग पनि मिलेर जाने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

एमालेले राष्ट्रियसभामा रिक्त सबै स्थानमा उम्मेदवारी दिने घोषणा गरेको छ । एमालेको घोषणापछि गठबन्धनमा सहभागी दलका बीचमा नै सिट बाँडफाँट गरेर जाने सहमति भएको नेता लेखकले बताउनुभयो ।

“बृहद् लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि तत्काल सम्भव हुन सकेन”, नेता लेखकले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको सहभागिता थियो ।

राष्ट्रियसभामा १९ स्थानका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: २०८० पुष २१, शनिबार १४:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको