गणतन्त्रमा राजा लेख्ने कार्य संविधानविपरीत : प्रदेश मन्त्री श्रेष्ठ



काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधान विपरीत भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त ब्यानर हटाउन निर्देशन दिइएको श्रेष्ठले स्पष्ट पार्नुभयो छ । रासससँगको प्रतिक्रियामा उहाँले भन्नुभयो, “राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएकामा त्यसलाई सकारात्मकरुपमा लिएको छु ।”

प्रकाशित मिति: २०८० माघ ७, आईतवार १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको