दिगो विकाससम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बैंककमा



काठमाडौँ । दिगो विकाससम्बन्धी एशिया प्यासिफिक फोरममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गर्नुभएको छ ।

उक्त प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा रामकुमार फुँयाल, सचिव डा तोयनारायण ज्ञवाली र सहसचिव महेश भट्टराईलगायत सहभागी हुनुहुन्छ । आजदेखि शुक्रबारसम्म बैङ्ककस्थित संयुक्त राष्ट्र सङ्घको सम्मेलन केन्द्रमा हुने उक्त कार्यक्रममा दिगो विकासका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०८० फाल्गुन ८, मंगलवार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको