एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली



काठमाडौँ । नेकपा एमालेको पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित हुनुभएको छ । यस कमिटीमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चारलगायत क्षेत्रका प्रतिनिधि छन् ।

उक्त जिल्ला अधिवेशनको यही फागुन ५ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । एमालेको उपत्यका विशेष प्रदेशअन्तर्गत चार विशेष जिल्ला कमिटी रहेको छ ।

प्रकाशित मिति: २०८० फाल्गुन ८, मंगलवार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको