रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी माग



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा रूस(युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानारी गराउन माग गरिएको छ । सभाको विशेष समयमा नेकपा एमाले का सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरु न श्वास, न आशको अवस्थामा रहेकाले ती नेपालीहरुको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गर्नुभयो ।

“नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपससमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन परराष्ट्र मन्त्रालय बोल्दैन रु औपचारिकरुपमा केही जानकारी पाउन सकेको छैन रु”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २०८० फाल्गुन १०, बिहीबार १९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको