विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश



काठमाडौँ । ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९र८०’ सङ्घीय संसद्, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै सभालाई यसबारे जानकारी गराउनुभएको थियो । सभामा सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा ९पार्वती० ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नुभएको थियो ।

सभामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति: २०८० फाल्गुन १४, सोमबार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको