प्रदेश प्रमुखमा मधेसी अनुहार देखिएनः सांसद चौधरी



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका सांसद रामप्रकाश चौधरीले प्रदेश प्रमुख सिफारिसमा मधेसीलाई वेवास्ता गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले नयाँ सरकार गठनभएसँगै प्रदेश प्रमुख परिवर्तन गरिनु र सिफारिसमा पनि मधेसी अनुहार नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सांसद चौधरीले लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी समेत गराउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो दलले वर्तमान गठबन्धन सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्दै जाने भन्ने पहिला पनि जानकारी गराएको थिए र हाल पनि दलको समर्थन र सहयोग रहन्छ, तर, हालका लागि लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी गराउछु ।”

प्रकाशित मिति: २०८० फाल्गुन ३०, बुधवार १९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको