तीनै तहको सहकार्यमा औद्योगिक ग्राम सञ्चालन हुने



धनकुटा । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग मिलेर कोशी प्रदेशका औद्योगिक ग्राम सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ ।

आज धनकुटा नगरपालिका–६ अमलेटारमा रहेको औद्योगिक ग्रामको अवलोकन तथा निरीक्षण गर्दै उहाँले कृषिमा आधारित औद्योगिक ग्राम सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । “उद्योग सञ्चालनको जिम्मा तीनै तहको हो”, खत्रीले भन्नुभयो, “हामी सबैसँग छलफल गरेर नीति तथा कार्यक्रम बनाउँछौँ ।” कोशी प्रदेशअन्तर्गत १४ जिल्लामा सञ्चालित तथा सञ्चालनको तयारीमा रहेका एक स्थानीय तह एक औद्योगिक ग्राममा कृषिजन्य उद्योग सञ्चालनमा ल्याउने योजना बनाइने मन्त्री खत्रीले जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले औद्योगिक ग्राम र यहाँ सञ्चालनमा रहेका लघुउद्यमका बारेमा जानकारी दिनुभएको थियो । थापाले ५९ रोपनीमा निर्माणाधीन ६२ ग्रामको भवनमा हाल निर्मित २७ मध्ये नौ भवनमा लघुउद्योग सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो ।

मन्त्री खत्रीले ग्राममा आवश्यक खानेपानी आपूर्ति तथा उद्योग पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहलकदमी गरिनेलगायत विषयमा सहयोग गर्ने आश्वासन दिनुभएको थियो । मन्त्री खत्रीले आज घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय र धनकुटा बहुमुखी क्याम्पसको

प्रकाशित मिति: २०८० चैत्र ४, आईतवार १९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको