मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको शपथ



धनुषा । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०८० चैत्र ५, सोमवार १९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको