कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत



विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिनुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भने अनुपस्थित हुनुहुन्थ्यो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सदस्य उपस्थित हुनुहुन्थ्यो ।

कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको हो । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा ९एमाले०का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा ९एकीकृत समाजवादी०का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो । यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाउनुभएको थियो ।

प्रकाशित मिति: २०८१ बैशाख ३१, सोमवार १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको