मोर्चाका लागि कार्यदल बनाउन मधेश केन्द्रित दल सहमत



जनकपुरधाम, माघ १४ । मधेश केन्द्रित दलहरु मोर्चा निर्माणका लागि अवधारणा र एजेण्डा तय गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।
काठमाडौंमा सोमबार बसेको मधेश केन्द्रित ८ दलको बैठकले प्रत्येक दल बाट १ जना रहने गरि ८ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताएका छन । कार्यदलका लागि विहिवार सम्म दलहरु बाट नाम सिफारिस गरिने सहमति नेताहरुले गरेका हुन ।
विहिवार सम्म कार्यदल बनिसकेपछि दलका अध्यक्षहरु सहितको बैठक बस्ने राष्ट्रिय म्ुक्ति पार्टीका नेता केशव झाले जनाएका छन । बैठकले मोर्चाको अवधारणा र एजेण्डा तय गर्ने नेताहरुले बताएका छन ।
आजको बैठकमा जसपाबाट रेनु यादव, जसपा नेपालबाट मनिष सुमन, जनमत पार्टीबाट अब्दुल खान, लोसपाबाट सवेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा र सन्तोष मेहता, जनता प्रगतिशील पार्टीबाट हृदयश त्रिपाठी र डा। शिवजी यादव र तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द्र लाल बैठकमा सहभागी थिए ।

प्रकाशित मिति: २०८१ माघ १४, सोमवार १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको