सप्तरी, माघ १७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा र पदका लोलुपहरु जनता बाट आफै बहिस्कृत हुने बताएका छन ।
सप्तरीको भारदहमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पद र पैसाकाागि विपक्षिसँग मिल्ने नेतालाई मधेशी समाजले बहिकृत गर्ने बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक नबलकिशोर साहप्रति इङ्गित गर्दै उनले मधेशीसँग गद्दारी गर्ने, मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्ने बिपक्षिसँग मिल्ने व्यक्तिलाई मधेशी जनताले समयमै पहिचान गरि बहिष्कार गर्नुपर्नेमा जोड दिए ।
जसपा नेपालको अभियानलाई सफल बनाउन सबै ले सहयोग गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले यसले मात्र मधेश मुक्तिको अभियान सफल हुने जिकिर गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता राहुल मण्डल सहित विभिन्न पार्टी परित्याग गर्दै सयजना भन्दा बढी नेता÷कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका थिए ।
मण्डल नेकपा माओवादी केन्द्र सप्तरी जिल्ला कमिटीका पुर्व सदस्य हुन । उनी सो पार्टीबाट २ पल्ट हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर पदमा प्रत्यासी समेत भएका ब्यक्ती हुन् । यद्धपी दुबै निर्वाचनमा सफलता भने प्राप्त गर्न सकेका छैनन् । मण्डल सहित सयजना भन्दा बढी नेता÷कार्यकर्ता पार्टीमा प्रवेश गरेको जसपा नेपाल हनुमाननगर कंकालिनी नगर समितिका संयोजक कृष्ण कुमार यादवले बताए ।
कार्यक्रममा अध्यक्ष यादवका साथै जसपा नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, सचिव शैलेन्द्र साह, प्रदेश साँसदद्वय किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिह यादव, जिल्ला अध्यक्ष केदार यादव लगायतले नवप्रवेशीहरुलाई बधाई दिदै फुलमाला अबिर लगाई स्वागत गरेका थिए ।




