जनकपुरधाम, माघ १७ । मधेश केन्द्रित आठ दल बीचको मोर्चालाई मुर्त रुप दिन ८ सदस्यीय कार्यदल गठन भएको छ ।
सिंहदरवारमा आज सम्पन्न ८ दलिय बैठकले मोर्चाको मोडेल, एजेण्डा र अवधारणा तय गर्न ८ सदस्यीय कार्यदल गठन गरेको जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले जनाएका छन ।
कार्यदलमा जसपा नेपाल बाट मनिष सुमन, लोसपा बाट लक्ष्मणलाल कर्ण, जनमतबाट शरदसिंह यादव, जसपा बाट इस्तियार राई, नागरिक उनमुक्ति पार्टी बाट गंगाराम चौधरी, जनता प्रगतिशिल पार्टीबाट डा. शिवजी यादव, र तमलोपा बाट ब्रजकिशोर सिंह चयन भएका छन । राष्ट्रिय मुक्ति पार्टीबाट भने नाम आउन बाँकी रहेको सुमनले जनाएका छन ।
मधेश केन्द्रित दलहरु बीच लामो समय देखी मोर्चाबन्दीको कुराचले पनि पछिल्लो समयमा मुर्त रुप लिन थालेको हो ।
जसपा नेपालले संयोजन गरेको बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा र मनिष सुमन सहभागी थिए भने नागरिक उन्मुक्तिबाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।
यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेश चन्द्र लाल र विजय सिंह सहभागी थिए ।






