शहीद सत्यनारायण मेमोरियल कपको उपाधी कपिलेश्वरलाई



जनकपुरधाम, माघ १९ । शहीद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालद्वारा जनकपुरधामको कपिलेश्वर खेल मैदानमा आयोजित दश दिवसीय शहीद सत्यनारायण मेमोरियल कपको उपाधी माथि कपिलेश्वर टिमले कब्जा जमाएको छ।
आज सम्पन्न फाइनल खेलमा कप्टौल क्रिकेट टिमलाई सात विकेटले पराजित गर्दै कपिलेश्वर क्रिकेट टिम विजयी भएको छ ।

उत्कृष्ट खेल प्रदर्शन गर्दै कपिलेश्वर क्रिकेट टिम उपाधी चुम्न सफल भएको हो ।

कपिलेश्वर क्रिकेट टिमले टस जितेर पहिला फिल्डिङ रोज्दै कप्टौल टिमलाई व्याटिङ्गको लागि आमन्त्रित गरेको थियो ।
कप्टौल क्रिकेट टिमले दिएको १ सय ८४ रनको लक्ष्यलाई कपिलेश्वर क्रिकेट टिमले २० १४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेका थिए ।

सो प्रतियोगितामा कपिलेश्वर क्रिकेट टिमका अनिकेत यादव ३७ बलमा अभिजित ६९ रन जोडदै फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए ।

सो प्रतियोगितामा वेस्ट बलर कप्तौल टिमका विनय यादव घोषित भएको छ।

धनुषाका १६ वटा क्रिकेट टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल चरणमा विजेता कपिलेश्वर क्रिकेट टिमलाई ३१ हजार रुपैयाँ नगद र कप तथा उप विजेता कप्टौल क्रिकेट टिमलाई २१ हजार रुपैयाँ नगद र कप जनकपुरधाम उप महानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रदान गरेका छन ।

सो अवसरमा जनकपुरधाम उप महानगरपालिकाका प्रमुख मनोजकुमार साहले कपिलेश्वर खेलकूद मैदान सहित अन्य खेल मैदानको स्तरबृद्धि र खेलकुदको निरन्तरता दिने गृह कार्यमा जुटेको उल्लेख गरेका छन ।
सो प्रतियोगिताको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम अन्तरगत वडाध्यक्ष रामचन्द्र पाजियार, वरिष्ठ पत्रकार श्रीनारायण साह, जसापाका युवा नेता अम्बु प्रसाद साह लगायतका वक्ताहरुले खेल, खेलाडी, खेल मैदान बारेमा आ आफ्नो अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: २०८१ माघ १९, शनिवार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको