सुनको भाउ घट्यो



काठमाण्डौ, माघ २५ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज केही घटेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ २५, शुक्रवार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको