सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो



काठमाण्डौ, फागुन १४ । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आठ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदीकाे भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधवार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको