जनकपुरधाम, फागुन १६ । चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता भोली देखि हुने भएको छ । जनकपुरधामको बाह्र विघा मैदानमा विहान ११ बजे देखि प्रतियोगिता हुने जनाइएको छ ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनकपुर पब्लिक स्कूल, ऐरे इंटरनेशल स्कूल, मोनास्टिक स्कूल, अन्नपूर्णा स्कूल, शिशु प्रज्ञा सदन, सिद्दार्थ शिशु सदन, मदर टेरेसा पब्लिक स्कूल, न्यू भिजन स्कूल, हिमाली बोर्डिंग स्कूल, राष्ट्रिय मावि रुपैठा, संकट मोचन दे रा मा बी, किड्डी कॉनभेंट स्कूल, राजर्षि जनक इंग्लिश बोर्डिंग स्कूल, मिथिला इंस्टिट्यूट ऑफ टेक्नोलॉजी स्कूल, सिटी मोंटेसरी स्कूल र गोगल प्रसाद मावि स्कूल बसहियाले भाग लिएको जनाइएको छ ।
स्थानीय स्तरमा खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले शुरु गरिएको प्रतियोगिताको यो चौथो संस्करण रहेको छ । आयोजक संस्थाका अम्वु प्रसाद
साहले विगतमा नेपाल टिमको नेतृत्व गर्नेहरु जनकपुरधामबाट हुन्थयो तर, यस पटक आयोजित एनपीएलमा जनकपुरधामबाट खेलाडी नहुनुले खेलकुदको माहोल थप बढाउनु पर्ने बताए ।
जनकपुरधामका अभिभावकहरु पनि जागरुक भई सकेको र यहाँका बच्चामा अहिले गरिएको लगानी तुरुन्तका तुरुन्त हेरिन त पाइँदैन् तर, आगामी एक दशक पछि नेपाल टिम तथा एनपीएलको नेतृत्वनै जनकपुरधामका खेलाडीहरुले गर्ने साहले दावी गरे ।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजक न्यू भिजन नेपाल र जनकपुर स्पोट्र्स क्लबले अन्तर स्कूल क्रिकेट प्रतियोगिता गराउँदै आएको छ ।




