च्याम्पियन्स ट्रफीको फाइनलमा भारत



जनकपुरधाम, फागुन २० । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारत पुगेको छ । भारतले अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेका अष्ट्रेलियाले भारत समक्ष २६५ रनको लक्ष्य प्रस्तुत गरेका थिए ।

लक्ष्यलाई पच्छयाउँदै भारतकालागि विराट कोहलीले सर्वाधिक ८४ रनको योगदान दिए भने रोहित शर्माले २८ र शुभमन गिलले ८ रनको योगदान गरेका छन् । भारतकालागि श्रेयस अ‍ैयरले २७, अक्षर पटेलले २७, हार्दिक पाण्डयाले २८ रनको योगदान गरे भने के एल राहुलले ४२ र रविन्द्र जटेजाले अविजित ३ रनको योगदान गरेका छन् ।

अष्ट्रेलियाकालागि नेथन एलिस २, एडम जैम्पाले २ विकेट लिए भने बेन ड्वारश्विसले १, कूपर काँनली १ विकेट लिएका थिए।

अष्ट्रेलियाकालागि ट्रैविस हेड ३९, स्टीव स्मिथ ७३, मार्नस लावुशेनले २९, जाँश इग्लिस ११, एलेक्स कैरी ६१, ग्लेन मैक्सवेल ७, वेन ड्वारश्विसले १९ ऐडम जैम्पा ७, नेथन एलिस १०, तनवीर संघा १ रनको योगदान गरेका थिए ।

भारतकालागि मोहम्मद शमी १० ओभरमा ३, वरुण चक्रवर्ती १० ओभरमा २, रविन्द्र जटेजाले ८ ओभरमा २ विकेट लिए भने हार्दिक पाण्ड्या, अक्षर पटेलले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ दि म्याच विराट कोहलीलाई प्रदान गरियो । अर्का सेमीफाइनल म्याच भोली साउथ अफ्रिका र न्युजीलैण्ड बीच भोली हुने छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार २२:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको