जनकपुरधाम, चैत १० । सनराइजर्स हैदराबादले आइपीएल–१८ को सुरुवात जितका साथ गरेको छ। आइतबार भएको पहिलो खेलमा टोलीले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ । हैदराबादले आफ्नो घरेलु मैदानमा २८६ रन बनाएको थियो। त्यसपछि राजस्थान २४२ रनमा सीमित भयो। सिमरजीत सिंह र हर्षल पटेलले २/२ विकेट लिए ।
आरआरका लागि ध्रुव जुरेलले ७० र संजु सामसनले ६७ रन बनाए। त्यसपछि शिमरोन हेटमायर (४२) र शुभम दुबे (३४) ले पचास रनको साझेदारी गर्दै स्कोर २०० पार गरे तर टोलीलाई जित दिलाउन सकेनन्।
एसआरएचका लागि इशान किशनले १०६ रन बनाए, ४५ बलमा आफ्नो आईपीएल करियरको पहिलो शतक बनाए। ट्राभिस हेडले ६७, हेनरिक क्लासेनले ३४, नितिश रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए। राजस्थानका लागि तुषार देशपाण्डेले ३ र महेश टिक्षणाले २ विकेट लिए।
यता जारी दोस्रो खेलमा मुम्वईका रोहित शर्मा शुन्य रनमा आउट भएको छ ।






