चेन्नई ४ विकेटले विजयी



जनकपुरधाम, चैत १० । आईपीएल-१८ को तेस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ। टोलीले १९.१ ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएर जित हात पार्यो। चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ५३ र रचिन रविन्द्रले अविजित ६५ रन बनाए।

चेपक रंगशालामा भएको खेलमा सीएसकेले टस जितेर बलिङ गर्ने निर्णय गर्‍यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो। तिलक वर्माले ३१, कप्तान सूर्यकुमार यादवले २९ र दीपक चाहरले अविजित २८ रन बनाए। नूर अहमदले ४ विकेट लिए भने खलिल अहमदले ३ विकेट लिए।

प्रकाशित मिति: २०८१ चैत्र १०, आईतवार २३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको