पञ्जाबको लगातार दोस्रो जित, लखनउ ८ विकेटले पराजित



जनकपुरधाम, चैत १९ । पञ्जाब किंग्सले आईपीएल २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ। टोलीले मंगलबार लखनऊ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ।

लखनउको एकाना रंगशालामा भएको खेलमा पञ्जाबले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । श्रेयस अय्यर ५२ र नेहल वधेरा ४३ रनमा अविजित रहे। प्रभसिमरन सिंहले ३४ बलमा ६९ रनको इनिङ खेले। लखनउका दिग्वेश राठीले २ विकेट लिए।

लखनउका लागि निकोलस पुरनले ४४ र आयुष बदोनीले ४१ रन बनाए। एडेन मार्क्रमले २८ र अब्दुल समदले २७ रन बनाए। अर्शदीप सिंहले ३ विकेट लिए। लकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जानसेन र युजवेन्द्र चहलले एक/एक विकेट लिए।

प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलवार २३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको