जनकपुरधाम, चैत २२ । जानकी जनकपुरधाम यातायात प्रा.लि.ले यहाँको एक अस्पतालमा तोडफोड गरेको छ । एक बस बाउन्सर लिएर जनकपुरधाम स्थित न्युरो हाँस्पिटलमा तोडफोड गर्न पुगेका छन् ।
आफ्ना विरामीलाई बन्धक बनाएको भन्दै न्यूरो अस्पतालमा तोडफोड गरेका छन् । चैत १ गते धनुषाको मालटोलमा जनकपुरधामबाट राजविराजकालागि छुटेका ना ५ ख १४४१ नम्वरको धनलक्ष्मी ट्राभल्स दुर्घटना हुँदा करिव ४०/५० जना घाइते भएका थिए । त्यतिवेला बस व्वसायीहरुले सम्पूर्ण विरामीको उपचार खर्च बेहोर्ने जनाएका थिए ।
तर, चार पाँच जना विरामीहरु उपचारार्थ रहेको र उनीहरुको उपचार खर्च नदिई बस व्यवसायीहरु ती विरामीहरुलाई डिस्चार्ज गर्न दवाव दिएपछि अस्पताल प्रशासनले सो बलि भुक्तानीकालागि भनेपछि आज बेलुका एक बस मान्छे तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ ।
बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले आफ्नो विरामीहरुलाई बन्धक बनाएको आरोप लगाएका छन् भने अस्प्ताल सञ्चालक डा. विजय राउतले ४०÷४५ जनाको उपचार गरेर फर्काउँदा बन्धक बनाइएन आज चार पाँच जनालाई बन्धक बनाएको भन्नु दुःखद र निन्दनीय कुरा रहेको टिप्पणी गरे ।
बस व्यवसायीहरुले ती विरामीहरुको उपचार खर्च नदिई त्यतिकै डिस्चार्ज गर्न भने पछि अस्पताल प्रशासनले विल भुक्तानी गर्न भनेपछि त्यहाँ विवाद चर्किएको थियो ।






