एजेन्सी, चैत २४ । भारतीय राष्ट्रपति द्रुपदी मुर्मुले वक्फ (संशोधन) को विधेयक अनुमोदन गरेकी छिन । राष्ट्रपतिको अनुमोदन संगै यो विधेयक नयाँ कानूनको रुप ग्रहण गरेका छन । यसअघि लोकसभा र राज्यसभाले चर्को बहसपछि वक्फ (संशोधन) विधेयक पारित गरेका थिए।
यसैबीच, कांग्रेस, एआईएमआईएम र आम आदमी पार्टी (आप) ले छुट्टाछुट्टै याचिका दायर गर्दै नयाँ कानूनलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन्। म्याराथन बहस पछि, राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार राति संसदका दुवै सदनबाट पारित विधेयकलाई अनुमोदन गरिन् । यसका साथै राष्ट्रपति मुर्मुले मुस्लिम वक्फ (निर्धारण) विधेयक, २०२५ लाई पनि आफ्नो स्वीकृति दिएकी छिन ।
नयाँ कानूनको उद्देश्य पक्षपात, सम्पत्तिको दुरुपयोग र सम्पत्तिमाथिको अतिक्रमण रोक्नु हो। सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकारले यो कानून मुस्लिममैत्री नभएको बताएको छ। साथै, राष्ट्रपति मुर्मुको हस्ताक्षर पछि, विधेयक कानून बन्यो। अब सम्पूर्ण देशमा नयाँ वक्फ कानून लागू हुनेछ।




