बारा, बैशाख ३ । नेपाली कांग्रेस माहामन्त्री गगन कुमार थापा आज बारा आउने भएको छ । नेपाली कांग्रेस बाराले क्षेत्र नम्वर ३ मा आयोजना गरेको क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सम्वोधन गर्न उनी बारा आउन लागेको जनाइएको छ ।
यस कार्यक्रममा बारा जिल्लाको विशिष्ट अथिती सहमाहामन्त्री फर्मुला मनसुर , मधेश प्रदेश नेताहरुको समेत सहभागी रहने नेताकार्यकर्ता र जन समुदायहरुको भव्य उपस्थिति रहने नेपाली कांग्रेस मधेश प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन् ।
काठमाडौं बाट सिमरा बिहान ८ः३० बजे आउने कार्यक्रम रहेकोे छ । उनको स्वागतको लागि माहागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादबको नेतुत्वमा हजारौं सङ्ख्यामा मोटरसाइकल रैली सहित सहभागी हुने कार्यक्रम रहेकोे छ ।
बारा जिल्लाको क्षेत्र नं.३ जितपुर सिमरा वार्ड– १८ को प्रथम क्षेत्रिय सम्मेलन कार्यक्रम १०बजे बाट पूर्णरूपमा शुरूवात भई सक्ने प्रचार प्रमुख गुप्ताले बताए ।






