जनकपुरधाम, बैशाख ३ । जनकपुरधाम उप–महानगरपालिकामा पाठ्यपुस्तक एकरुपताको नाममा सात वटा पव्लिकेशनवाट मोटो रकम लिएको आरोप लगाइएको छ । जनकपुरधाम उप–महानगरपालिकाले गरेको निर्णय अनुसार नेपाल सरकारले स्वीकृत दिएका पव्लिकेशनहरुलाई गुणस्तरहीन रहेको भन्दै विभिन्न सातवटा पव्लिकेशन मात्रै गुणस्तरीय रहेको ठहर गरेको छ ।
यस भन्दा पहिला जुन विद्यालयलाई जुन पव्लिकेशन पढाउने हुन्थ्यो त्यो पढाउथ्यो तर जनकपुरधाम उप–महानगरको निर्णयले अन्य पव्लिकेशन गुणस्तरहीन रहेको ठहर गरेको छ । उप–महानगरले गरेको परिपत्र अनुसार कक्षा नर्सरी देखि युकेजी सम्म मात्र विद्यार्थी पव्लिकेशनको पाठ्यपुस्तक लागु गरिने छ भने कक्षा १ देखि ३ सम्म ग्रन्थघर, रिडमोर, विद्यार्थी, र व्रिलिएन्ट पव्लिकेशनको किताव मात्र पढाइने छ ।
त्यस्तै कक्षा ४ र ५ मा ग्रन्थघर, रिडमोर, विद्यार्थी, व्रिलिएन्ट र वेदान्ता पव्लिकेशन मात्र लागु गरिएको छ भने कक्षा ७ र ८ मा ग्रन्थघर, रिडमोर, विद्यार्थी र व्रिलिएन्टको पाठ्यपुस्तक लागु गर्ने उर्दी जारी गरिएको छ ।
त्यस्तै कक्षा ८ मा सरकारी पुस्तक अंग्रेजी र नेपाली पढाउने नेपाल सरकारको बाध्यात्मक नीति रहेका कारण जनक शिक्षा सामग्री केन्द्रको यि दुई विषय पढाइने छ । नेपाल सरकारको नीति नभएको भए यो पनि पढाइ हुने थिएन् । कक्षा ८ मा रिडमोर, विद्यार्थी, ग्रन्थघर, व्रिलिएन्ट र शुभारम्भको पाठ्यपुस्तक लागु गरिएको छ । कक्षा ९ र १० मा पनि अंग्रेजी र नेपाली दुई वटा जनक शिक्षा सामग्री केन्द्रको पाठ्यपुस्तक लागु गरिने छ भने अन्यमा रिडमोर, ग्रन्थघर, विद्यार्थी, व्रिलिएन्ट, वुद्धा र शुभारम्भको पाठ्यपुस्तक लागु गरिएको छ ।
स्रोतका अनुसार यहाँका केही व्यापारीहरुले एउटै डिस्ट्रिव्युटरवाट मोटो रकम लिएर यो निर्णय गराएका छन् ।
यसरी जनकपुरधाम उप–महानगरपालिकाले केही पव्लिकेशनहरुको पाठ्यपुस्तक मात्रै लागु गरेपछि उप–महानगरपालिकाका मेयर मनोजकुमार साह, शिक्षा महाशाखा र शिक्षा समितिले व्यापक रकमको चलखेल गरेको आरोप लगाइएको छ ।
प्यावसन धनुषाका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य विश्वलाल सिंहले जनकपुरधाम उप–महानगरपालिकाले लगाएको सिण्डिकेट आफूहरुलाई मान्य नरहेको भन्दै विरोधमा उत्रने चेतावनी दिएका छन् । उनले भने–‘यो पसल वा यो समान मात्रै बेच्न सकिन्छ र यो होटलमा यो समान मात्रै बेच्न सकिन्छ भन्नु जसरी गलत हो त्यस्तै जनकपुरधाम उप–महानगरपालिकाले केही पव्लिकेशनको पाठ्यपुस्तक मात्र बिक्री वितरण गर्न भन्न उस्तै उस्तै रहेको छ ।’ प्यावसनले यसमा सहमति जनाएको सुनको छु उनले भने–‘त्यो प्यावसनको निर्णय हो कि कुनै व्यक्तिको निर्णय हो त्यसको हिसाव किताव पछिबाट गरौला अहिले हामी विरोधमा जान्छौं ।’
नेपाल पुस्तक व्यवसायी संघ धनुषाका अध्यक्ष सरोज चौधरीले पठन पाठन हुन एक दुई दिन बाँकी रहेको बेला जनकपुरधाम उप–महानगरपालिकाले गरेको निर्णयले व्यवसायीहरु ठूलो मारमा पर्ने प्रतिक्रिया दिएका छन् । उनले भने–‘विना कुनै होमवर्ककै उप–महानगरले निर्णय गरेको छ । पाठ्यपुस्तक एकरुपताको नाममा दुई चार पव्लिकेशन मात्रै चलाए अन्य पव्लिकेशनको पाठ्यपुस्तक बिक्री बितरण गर्ने व्यापारी ठूलो मारमा पर्ने छ ।’
नेपाल सरकारले करिव एक सयको हराहारीमा पव्लिकेशनहरुलाई पाठ्यपुस्तक प्रकाशन तथा बिक्री वितरण गर्ने स्वीकृति दिएको छ । जनकपुरधाममा अधिकांश पव्लिकेशनको किताव रोजी रोजी पठन पाठनहुने गरेको छ तर, उप–महानगरपालिकाले मात्रै ७ वटा पव्लिकेशन लगाउनुको कारण के होला बुझ्न नसकेको अध्यक्ष चौधरी बताउँछन् ।
जनकपुरधाम उप–महानगरपालिकाले गरेको यो निर्णय बारे उप–महानगरपालिकाका उप–मेयर किशोरी साहलाई भने केही थाहा नरहेको प्रतिक्रिया दिएका छन् । उनले भने–‘यस बिषयमा आफूलाई केही जानकारी छैन् ।
जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले पनि यसलाई ठिक पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले निर्णय भएकै दिन भनेका थिए–‘बुधवार कार्यालय खुल्नेछ, कार्यालय खुलेपछि यस विषयमा ठोस निर्णय गरिनेछ ।’
पाठ्यपुस्तक एक रुपताको नाममा यहाँका केही व्यापारी र जनकपुरधाम उप–महानगरपालिकाका मिलिमतोमा करोडौं रुपैयाँको चलखेल भएको छ । शिक्षा महाशाखाका प्रमुख धीरेन्द्रलाल कर्णले यहाँका केही व्यापारी र शिक्षा समितिका एक सदस्यको मिलिमतोमा सो निर्णय गरेको आरोप छ ।
पाठ्यपुस्तक एक रुपता निर्धारणमा कुनै प्रक्रिया अपनाइएको छैन् । नत कुनै विज्ञ टोली गठन गरिएको छ । स्रोतका अनुसार एनप्यावस, प्यावसन लगायतका संघ संस्थाका नगरकमिटीका अध्यक्षहरुले आफूखुशी यो प्वलिकेशन राम्रो र यो नराम्रो भनेर लागु गरिएको छ ।
यहाँका एक दुई ठूला व्यापारीले यिनीहरु संग पाठ्यपुस्तक एक रुपताको नाममा करोडौं रुपैयाँको डिल गरेको आरोप समेत लगाइएको छ ।




