जलेश्वर, बैशाख ५ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महोत्तरी जिल्लाको निर्वाचन शुरु भएको छ । कुल अध्यक्ष देखि सदस्यहरु सम्म ५७ वटा पदमा निर्वाचन हुन लागेको जनाइएको छ ।
एक जना अध्यक्षकालागि दुई जना रामनरेश राय र रामप्रकाश यादवले उम्मेदवारी दिएका छन् भने दुई जना उपाध्यक्षकालागि तीन जना शिवचन्द्र साह, कुमरकान्त झा र रामेश्वर राय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै एक जना सचिवकालागि तीन जनाले उम्मेदवारी दिएका छन् । महेशकुमार यादव, श्यामकिशोर चौधरी र रविन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन् ।
दुई जना उप–सचिवकालागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । उप–सचिवकालागि प्रगास साह, ज्ञानेन्द्र प्रसाद साह, खुशी पटेल, लक्ष्मी नायक र अरुणकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै ५० जना सदस्यकालागि ४६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि सवै सदस्य निर्विरोध भएका छन् । निर्विरोध हुने सदस्यहरुमा नवल महतो (सोनमा गाउँपलिका), दिपेन्द्र ठाकुर (मनराशिसवा नगरपालिका), राजेशकुमार राय (मनरा सिसवा), रुपनारायण भगत (मनराशिसवा), सुरेश यादव (एकडारा), सुरेशकुमार यादव (रामगोपालपुर, मुद्दीन कवाडी (मनराशिसवा, दरवेश राय यादव (एकडारा) गणेश यादव (जलेश्वर) राम विचारी राय (जलेश्वर) रहेका छन् ।
त्यस्तै कौशलकिशोर झा (महोत्तरी), सरोज अधिकारी (भंगहा), नागेन्द्रकुमार यादव (महोत्तरी), अमोदकुमार यादव (महोत्तरी), संजयकुमार यादव (महोत्तरी), बलराम यादव (सम्सी), राजदेव यादव (सम्सी), भूनेश्वर कापड (जलेश्वर, अरुण ठाकुर (पिपरा र रामकेवल राय यादव (गौशाला) निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै मुकेशकुमार यादव (रामगोपालपुर, किशुनदेव यादव (बलवा, रामनन्दन यादव (जलेश्वर, अजयकुमार यादव (औरही, विमलेन्द्रकुमार सिंह (जलेश्वर, कलामुद्दीन मोमिन (सम्सी, कुलदीप दास कथबनिया (एकडारा) ललितकुमार झा (पिपरा) निलम शर्मा (जलेश्वर) र सफिना खातुन (बलवा) निर्विरोध भएका छन् ।
त्यस्तै अजिमा खातुन (सम्सी), फतमा खातुन (औरही), जुमनी देवी ठाकुर (सम्सी), उर्मिला देवी यादव (रामगोपालपुर, पूनमदेवी यादव (रामगोपालपुर, श्यामकला देवी चमार (सोनमा), लिलम देवी (पिपरा), फुलोदेवी शर्मा (रामगोपालपुर, फेकनी देवी महरा (मटिहानी र अनिताकुमारी (सम्सी) निर्विरोध भएका छन् ।
यस्तै सरोज देवी झा (महोत्तरी), गुड्डी राय (जलेश्वर, सुदामा देवी (जलेश्वर, गुड्डु दास (एकडारा) मो. मनिर अहमद (लोहारपट्टि) र मो. एलुन नदाफ (रामगोपालपुर) निर्विरोध भएका छन् ।




