राजविराज, बैशाख ७ । यहाँस्थित एक बैंकले आफ्नो १८ औं वार्षिकोत्सव रक्तदान र प्रभातफेरी कार्यक्रमको आयोजना गरी मनाएका छन । सिटिजन इन्टरनेश्नल बैंकले आईतवार सदरमुकाम राजविराजमा रक्तदान तथा प्रभातफेरी कार्यक्रमको आयोजना गरी आफनो १८ औं वार्षिकोत्सव मनाएका हुन ।
उक्त बैंकको सप्तरीका विभिन्न पालिकाका ७ तथा सिरहाको लहान शाखा गरी कुल ८ वटा शाखाका कर्मचारीहरुको सहभागितामा नगरक्षेत्रमा प्रभातफेरी गरिएको थियो । त्यस पछि बैंक परिसरमा नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीद्वारा संचालित रक्त संचार सेवा केन्द्रका प्रतिनीधीको सहयोगमा रक्तदान कार्यक्रम शूरु गरिएको थियो ।
जसमा बैंकका क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका प्रबन्धक राजकुमार यादव, अमिर रहमान, रजनीश यादव, प्रशान्त देव, आशुतोष झा, अमन दास, राघव पोखरेल, अमन दास लगायत दुई दर्जन बढी कर्मचारीले रक्तदान गरेका छन ।
बैंङ्गका राजविराज शाखा प्रबन्धक राजकुमार यादवले यहाँस्थित रक्त संचार सेवा केन्द्रमा रगतको अभाव भइरहेका बेला समाजिक उत्तरदायीत्व अन्तर्गत वार्षिकोत्सवमा रक्तदान कार्यक्रम रोजेको बताए ।
गर्मी बढेसंगै रगतको अभाव भईरहेको बेला बैकका कर्मचारीले रक्तदान कार्यक्रम गर्दा विरामी संगै रक्त सेवा संचार केन्द्रलाई पनि सहज भएको केन्द्रका इन्चार्ज नवीन झाले बताए ।







