शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा



काठमाडौं, वैशाख ८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार रामजी लम्सालले पुष्टि गरे । ‘प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ । अब स्वीकृत हुन्छ होला’, लम्सालले  भने ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ । भट्टराईले मन्त्रीबाट राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।

प्रकाशित मिति: २०८२ बैशाख ८, सोमवार १८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको