लखनऊ दिल्लीबाट ८ विकेटले पराजित



जनकपुरधाम, बैशाख ९ । आइपिएलको ४० औं खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपरजायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ। दिल्लीले एकाना रंगशालामा बलिङ रोज्यो। लखनउले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

दिल्लीका लागि अभिषेक पोरेल र केएल राहुलले अर्धशतक प्रहार गरे। मुकेश कुमारले ४ विकेट लिए। लखनउका लागि एडेन मार्करामले ५२, मिचेल मार्शले ४५ र आयुष बदोनीले ३६ रन बनाए। मार्करामले पनि २ विकेट लिए।

प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार २३:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको