कश्मिरको पहलगांवमा आतंकी आक्रमण, एक नेपाली सहित २७ जना गैर मुस्लिम पर्यटकको हत्या



एजेन्सी, बैशाख १० । जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणमा गैर मुस्लिम एक नेपाली सहित २७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। कश्मीरमा भएको आक्रमणको जिम्मेवारी प्रतिरोध मोर्चाको हिट स्क्वाडले लिएको छ।
जम्मु–कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन्।

दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ।
जम्मु–कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो। मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ।

हमला मंगलबार दिउँसो २ः४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो।  मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागे।  घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।  यसअघि १४ फेब्रुअरी २०१९ मा पुलवामा आक्रमण हुँदा ४० सैनिक मारिएका थिए।

आतंकवादी हमलापछि भारतीय प्रशासन सक्रिय भएको छ । प्रधानमन्त्री मोदीले अमित शाहसँग फोनमा कुरा गर्दै घटनामा संलग्नहरु माथि कडा कारबाही गर्न आदेश दिएका छन । घटना लगतै श्रीनगर पुगेका गृहमन्त्री अमित शाहले जघन्य आक्रमणमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले त्यहाँ सुरक्षा समीक्षाका लागि सबै एजेन्सीहरूसँग भेटघाट गरेका छन ।
यसैबीच साउदी युवराजले जम्मू कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेका छन । प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी युवराज मोहम्मद बिन सलमानले मंगलबार जम्मू कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेका छन ्। यस अवधिमा, उहाँले परिषद्को रणनीतिक साझेदारीको सह–अध्यक्षता गर्नुभयो, जसको उद्देश्य दुई देशहरू बीचको मित्रतालाई अझ सुदृढ पार्नु हो।

जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि, प्रधानमन्त्री मोदी आफ्नो यात्राको बीचमा साउदी अरेबिया छोडेर भारत फर्केका छन ।

प्रकाशित मिति: २०८२ बैशाख १०, बुधवार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको