जसपा अध्यक्ष यादवद्वारा पहलगाव आक्रमणको निन्दा



जनकपुरधाम, वैशाख ११ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत कश्मिरकोक पहलगावमा भएको आतंकी आक्रमणको निन्दा गरेका छन । अध्यक्ष यादवले समाजिक संजाल फेसबुक फेजमा स्टेटस लेख्दै आतंककारी आक्रमणको निन्दा गरेको छ ।

आतंककारीहरुको आक्रमणलाई मुर्खतापूर्ण हिंसाको संज्ञा दिदै अध्यक्ष यादवले पहलगाव घटनाले सबैको अन्तस्करणलाई हल्लाएको र धर्मको नाउँमा आतङ्कवादले निम्त्याएको क्रूरता र अमानवीयताको स्पष्ट स्मरण गराएको जनाएका छन ।

निर्ममतापूर्वक र अकालमा ज्यान गुमाएका निर्दोष जीवनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

मंगलवार कश्मिरको पहलगावमा भएको आतंककारी आक्रमणमा परि एक नेपाली सहित २७ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका छन । घटनाको क्रममा आतंककारीहरुले धर्म सोध्दै हत्या गरेको पीडितको बयान र घटना स्थलको हृदय विदारक दृश्यले सबैको मन हल्लाएको छ । घटनाको नेपाल सहित विश्वका अधिकांश देशले भत्र्सना गरेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिवार ०७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको