जनकपुरधामको पीआइटी र गल्फ तालिमक केन्द्रमा प्रहरीको छापा



जनकपुरधाम, बैशाख ११ । जनकपुरधाम स्थित पीआइटी तालिम केन्द्र र गल्फ तालिमक केन्द्रले अवैध रुपमा बैदेशिक रोजगार सम्वन्धी अन्तर्वार्ता लिइ रहेको भन्दै प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालयवाट खटेको प्रहरी टोलीले बिहीबार जनकपुरधामको रामानन्द चोकमा रहेको पीआइटी तालिम केन्द्र र गल्फमा छापा मारेको स्रोतको दावी छ । तर, धनुषाका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले भने आफूलाई यस बिषयमा जानकारी नरहेको बताएका छन् । उनले भने–‘सोधपूछ गर्नकालागि प्रहरी गएको हुन सक्छ तर, छापाको बिषयमा आफूलाई जानकारी छैन् ।’

स्रोतका अनुसार यि दुवै तालिम केन्द्रले अवैध रुपमा बैदेशिक रोजगारको अन्तर्वार्ता लिइ रहेको बेलानै प्रहरीले छापा हानेर त्यहाँ रहेको कागजात साथै तीन दर्जन भन्दा बढी पासपोर्ट जफ्त गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार एक भ्यान प्रहरी पीआइटी तालिम केन्द्रमा गएर ती समानहरु ज्फत गरेको थियो ।

यहाँ रहेका ट्रेनिङ्ग सेन्टरहरु अवैध रुपमा सामाजिक सञ्जालहरुमा बैदेशिक रोजगार विभागको मापदण्ड विपरीत लोभलाग्दो हिसावले प्रचार प्रसार गरेर सर्वसाधारणलाई ढग्ने गरेका छन् ।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिवार १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको