जितेश यादव
मलङ्गवा, वैशाख १४ । सर्लाहीमा धारिलो हत्यार प्रहार गरि एक महिलाको हत्या भएको छ। बिष्णु गाउँपालिका-३ मधुवनगोठमा आफ्नै जेठाजुले धारिलो हत्यार प्रहार गरि बुहारीको हत्या गरेका छन।
खाना नदिएको निहुँमा ४० बर्षिय जेठाजु साहेव पासवानले आफ्नै भाई गजेन्द्र पासवानको ३६ बर्षिय श्रीमती रिना देविलाई धारिलो हत्यार(उखु काट्ने फर्सा)प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार पासवानले बुहारी रिनालाई हात, मुख र घाँटीमा फर्सा प्रहार गरि हत्या गरेको हो। रेनुको घटनास्थलमै मृत्यु भएको छ।
मृतक रेनुको श्रीमान रोजगारीको शिलशिलामा भारतको गुजरातमा छन। रेनुको २ वटा छोरा र २ वटा छोरी छन।
प्रहरीले जेठाजु साहेवलाई नियन्त्रणमा लिई शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको जनाएको छ।




