सहकारीको रकम अपचलन गरेका अध्यक्ष मण्डल पक्राउ



जनकपुरधाम, बैशाख १४ । धनुषाको विदेह नगरपालिकामा सहकारी बचत कर्ताको रकम अपचलन गरेको आरोपमा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको विदेह नगरपालिकामा विदेह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ३५ बर्षिय संजीकुमार मण्डल छन् भने अर्का सञ्चालक ३७ बर्षिय मनोजकुमार ठाकुर फरार रहेका छन् ।

सहकारीमा बर्षौ देखि रकम जम्मा गरेको तर, लिने बेलामा पासबुक च्यातेर फ्याकेको भन्दै दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको छ । बचतकर्ताहरुको झण्डै डेढ करोड बराबरको रकम हिनामिना गरेको उनीमाथि आरोप छ । जिल्ला अदालत धनुषाबाट २०८१ बैशाख १ गते पक्राउ पूर्जी जारी भएपछि उनी फरार रहेका थिए । धनुषा प्रहरीको खोजी सूचीमा रहेका दुवै जनालाई प्रहरीले दुई दिन पहिला पक्राउ गरेको स्रोतको दावी छ ।

प्रकाशित मिति: २०८२ बैशाख १४, आइतवार २०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको