जनकपुरधाम, चैत १४ । आईपीएलको ४६ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ। योसँगै टोली अंक तालिकामा पनि पहिलो स्थानमा पुगेको छ। आरसीबीले अरुण जेटली रंगशालामा बलिङ गर्ने छनौट गर्यो। दिल्लीले ८ विकेट गुमाएर १६२ रन बनायो। बेंगलुरुले १९ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
१६३ रनको लक्ष्य पछ्याउने क्रममा आरसीबीले २६ रनमा ३ विकेट गुमायो। यहाँबाट विराट कोहली र कृणाल पाण्ड्याले चौथो विकेटका लागि ११९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए। कृणालले ७३ र कोहलीले ५१ रन बनाए। भुवनेश्वर कुमारले ३ विकेट र जोश हेजलवुडले २ विकेट लिए।




