सहमतिका लागि शिक्षकहरुको ९ बुन्दे सर्त



जनकपुरधाम, वैशाख १७ । नेपाल शिक्षक महासंघले सहमतिका लागि सरकार संग ९ बुन्दे सर्त राखेको छ । शिक्षक महासंघ र सरकारका प्रतिनिधिबीच सोमबारदेखि वार्ता जारी रहेपनि सहमतिमा पुग्न नसकेको बेला शिक्षक महासंघ यस्तो सर्त अघि बढाएको छ ।

सोमबार साँझ भएको वार्तापछि मन्त्रिपरिषद्मा पनि छलफल भएको थियो। मन्त्रिपरिषद् बैठकपछि पुनः राति शिक्षा मन्त्रालयमा वार्ता भएको थियो।

मंगलबार दिउँसो शिक्षामन्त्री रघुजी पन्तले ३ बजे नै वार्तामा बोलाएका थिए। उनले ५ घण्टाभन्दा बढी समय मन्त्रालयमा प्रतीक्षा गरेका थिए। शिक्षक महासंघको विस्तारित पदाधिकारी बैठक लम्बिएका कारण ढिलो गरी ८ बजे मात्र वार्ता सुरू गरेको थियो।

महासंघले तत्काल सहमतिका लागि ९ वटा बुँदा अघि सारेको छ र यसमा सहमति भए आन्दोलनको स्वरुप परिवर्तन गरी कार्यस्थल फर्किने जनाएको छ।

वार्तास्थलबाट प्राप्त ९ वटा बुँदा यसप्रकार छन्–

१) सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने।

२) राहत, अस्थायीरकरार, साविक उमावि, सिकाइ अनुदान प्राविधिक धार र विशेष शिक्षा बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने।

३ं)प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम ९प्रति महिना ३२,९०२० तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने । सो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने।

४) आर्थिक वर्ष २०८२र८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह ९१० ग्रेड०, प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह ९१० ग्रेड० र माध्यमिक प्रथमको सहसचिव सरह ९७ ग्रेड० ग्रेड सङ्ख्या कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने साथै ४५ दिने बिदामा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने।

६) संस्थागत विद्यालयका शिक्षकरकर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने।

७) नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने।

८) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने।

९) नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापकरशिक्षकरकर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने

प्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार ०९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको