सिरहा, बैशाख १९ । मधेश प्रदेश सरकारले सिरहाको लहान स्थित सल्हेस फुलवारीमा बनाउन लागेको अम्वेडकर पार्कको कडा प्रतिवाद गर्दै सिरहाबासीले त्यस पार्कको नामकरण सल्हेस पार्क राख्न सुझाव दिएका छन् ।
प्रदेश सरकारले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सहितका नेताहरुवाट लहान स्थित सल्हेस फुलवारीमा ८० लाखको लगतमा अम्वेडकर पार्कको शिलान्यास गरेपछि सिरहाका दलित तथा गैर दलित सवैले त्यसको कडा प्रतिवाद गरेका छन् । अम्वेडकरको नेपाल तथा मधेशका दलितको उत्थानमा कुनै भूमिका नरहेको भन्दै उनीहरुले त्यसको कडा प्रतिवादन गरेका छन् ।
अम्वेडकर भारतको संविधानको खाका तयार गर्न तथा उत्कृष्ट विचार प्रवद्र्धक हुन सक्छ तर उहाँको तुलना महान प्रतापि महाराजा सल्हेस संग गर्न नसक्ने भएकाले त्यो ठाउँमा कुनै कसैको पार्क स्वीकार गर्न नसकिने सिरहाबासीहरुको भनाई छ । अम्वेडकर हाम्रोलागि मात्रै हैन सवैकालागि विचार प्रवद्र्धक छन् उनको विचार समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् तर, सल्हेसको आफ्नै महत्व र गाथा रहेका कारण सल्हेसमाथि यस्ता यस्ता थुपारिएको निर्णय हामीहरुलाई स्वीकार्य नहुने सिरहाबासीको अडान छ ।
सल्हेस फुलवारीमा अम्वेडक पार्क निर्माण गर्न थालिए पछि सवै जात, धर्म, लिंग तथा राजनीतिक पार्टीहरुको स्वर एक भएको छ । उनीहरुले यस्ता यस्ता योजना अन्य कुनै ठाउँमा लागु गरिए हामीहरुलाई कुनै आपत्ति नहुने तर, सल्हेस फुलवारीमा स्वीकार्य नहुने दावी समेत गरेका छन् ।
स्थानीय सञ्चारकर्मी तथा युवा अभियन्ता सरोजकुमार पासमान लेख्छन्–‘हामी स्पष्ट हौ । हामी नेपाली हौ त्यसकारण हामीले पहिला नेपालको धरोहर जोगाउने हो । आफ्नो ऐतिहासलाई संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य हो । डा.अम्बेडकरको आफ्नो ठाउँमा ठूलो ईतिहास हो । हामी जान्दछौं । तर, नेपालको दलित आन्दोलनमा उहाँको ऐतिहास के ? सलहेश र सलहेश फुलबारी हाम्रो गौरव संग जोडिएकाले हाम्रो पहिलो प्राथमिकता सलहेश हो । डा. अम्बेडकरको पार्क बनाउने नै हो भने प्रयाप्त सार्वजनिक जग्गाहरु रहेका छन् । सलहेश फुलबारीमै किन ???? एउटा कुरा स्मरण रहोस् एउटा ऐतिहास मेटेर अर्को ऐतिहास बनाउन सकिन्न । सलहेश आफैमा एउटा इतिहास हो । हाम्रो गौरव हो । हाम्रो धर्म हरेक वातावरण संग जोडिएको इतिहासलाई मेट्ने काम नगरौं । विकल्प प्रयाप्त छन् । खोजौ…. जय सलहेश महाराज …. ।’
सल्हेस फुलवारीमा अम्वेडकर पार्क निर्माण गर्न थालिएपछि सिरहा लगायत अन्य जिल्लाका दलित तथा अगुवा नेताहरु समेत यस प्रति सजग भएका छन् । उनीहरु सल्हेस फुलवारीमा अम्वेडक पार्क नामकरण गरिएको पार्कलाई सल्हेस पार्क नै नामकरण गरेर सल्हेस महराजको प्रतिमा स्थापना गर्न सरकार तयार भए पार्क निर्माण गर्न दिने निर्णय समेत गर्न थालेका छन् ।
सिरहाको लहानमा हिजो बसेको सल्हेस फुलवारी संरक्षण अभियान पासवान समुदायको वृहत्त बैठकमा अभियन्ता चन्देश्वर पासवानले सल्हेस फुलवारीमा गरिएको हस्तक्षेपकारी शिलान्यास कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिए । उनले भने–‘सल्हेस फुलवारीको संरक्षण, सम्वद्र्धन गरि आफैमा लडाउने गरिएको चेष्टाको प्रतिवाद गरौं, दलित–दलितमा लडाउने षडयन्त्र हो यो, सल्हेसको आफ्नै इतिहास र गौरव गाथा रहेको छ ।’




