साइगा इभी स्कूटी जनकपुर बजारमा



जनकपुरधाम, बैशाख १९ । चीनको प्रतिष्ठित विद्युतिय सवारी निर्माता कम्पनीले साइगा इभी स्कूटी जनकपुरधामको बजारमा ल्याएका छन् । जनकपुरधाम–४ विद्यापति चोकमा साइगाले आफ्नो ब्रान्च श्री बजरंग अटो मोवाइल सञ्चालन गरेको छ ।

जनकपुरधाम ब्रान्च श्री बजरंग अटो मोवाइलका सञ्चालक राहुलकुमार झाले आज सञ्चारकर्मीहरु संग कुराकानी गर्दै साइगाले जनकपुरधामकालागि तीनवटा विभिन्न भेरिएन्टमा इलेक्ट्रिक स्कूटी लञ्च गरेको जानकारी दिए ।

उनका अनुसार अहिले जनकपुरधाममा एन–३००, झिझाङ्ग र एन–८० मोडेल जनकपुरधाममा बिक्री बितरणकोलागि खुल्ला गरिएको छ । सवै स्कूटीमा ५० प्रतिशत डाउन पेमेन्ट गर्दा ५० प्रतिशत शुन्य प्रतिशतमा फाइनान्सको सुविधा समेत रहेको सञ्चालक झाले जानकारी दिए ।

उनले साना तथा ठूला दुरीकालागि अरामदायी र भरपर्दो साइगाका स्कूटीहरु यहाँका स्थानीयहरुकालागि उपयुक्त रहेको दावी गरे । उनले भने–‘जनकपुरधामका हिसावले यहाँका स्थानीयहरुलाई पेट्रोल युक्त सवारी साधन भन्दा धेरै नै उपयुक्त साइगाका स्कूटीहरु छन् ।’

बर्षेणी हजारौं रुपैयाँ सर्विसिङ्ग र पेट्रोलमा खर्च गर्ने झण्झटलाई साइगाले अन्त गरेको उनको दावी छ । अन्य इलेक्ट्रिक स्कूटी भन्दा बलियो बडि र पार्टपूर्जा समेत सहज रुपमा उपलव्ध हुने भएकाले यो स्कूटी यस क्षेत्रका सर्वसाधारणकालागि धेरै नै उपयुक्त र भरपर्दो हुने उनले दावी गरे ।

उनले एन–३०० (टप भेरिएन्ट) का स्कूटी एक पटक चार्ज गर्दा १३० किलोमिटरको माइलेज दिने दावी गरे । यो स्कूटीमा ७२८० ग्राफिक्सको व्याट्री जडान गरिएको र २००० वाटको मोटर जडान गरिएका कारण यसको एभरेजमा कुनै केही कमीकमजोरी नहुने उनले दावी गरे । यो स्कूटीको बजार रेट भने २ लाख ५५ हजार पर्ने उनले जानकारी दिए ।

त्यस्तै अर्को भेरिएन्टमा झिझाङ्ग रहेका छन् । यसले एक पटक फूल व्याट्री चार्ज गर्दा १२० किलोमिटर सहज रुपमा यात्रा गर्ने दावी कम्पनीको छ । यसमा ७२८० ग्राफिक्सको व्याट्री जडान गरिएको छ भने १८०० वाटको मोटर जडान गरिएको छ । यस भेरिएन्टका स्कूटीको बजारमा २ लाख ४५ हजार पर्ने श्री बजरंग अटो मोवाइलका सञ्चालक झाको दावी छ ।

यस्तै अर्का भेरिएन्टमा एन–८० रहेको छ । यस स्कूटीले पनि एक पटक फुल चार्ज गर्दा १२० किलोमिटर यात्रा गर्ने कम्पनीको दावी छ । यस स्कूटीमा ७२८० ग्राफिक्सको व्याट्री जडान गरिएको छ भने १५०० वाटको मोटर जडान गरिएको छ । यसको बजार मूल्य २ लाख ३५ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।
यी तीनै भेरिएन्टका स्कूटीमा ५० प्रतिशत डाउन प्यामेन्टको व्यवस्था संगै शुन्य प्रतिशत व्याजदरमा फाइनान्सको व्यवस्था गरिएको सञ्चालक झाले जानकारी दिए । उनले ग्राहकहरुले आफै व्यवस्था गरे भने ठिक्कै नभए हामीले फाइनान्सको व्यवस्था मिलाइदिने जानकारी दिए ।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रवार १८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको