बैंगलोरबाट चेन्नई दोस्रो पटक पराजित



जनकपुरधाम, बैशाख २१ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले आईपीएलको ५२ औं खेलमा चेन्नई सुपर किंग्स (सीएसके) लाई २ रनले पराजित गरेको छ । टोली १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रह्यो । यो बेंगलुरुको लगातार चौथो जित हो । प्लेअफ दौडबाट पहिले नै बाहिरिसकेको चेन्नईले लगातार चौथो खेल हारेको छ। यस सिजनमा बेंगलुरुले दुवै खेलमा चेन्नईलाई पराजित गर्‍यो।

चिन्नास्वामी रंगशालामा २१४ रनको लक्ष्य पछ्याउँदै चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो। रविन्द्र जडेजाले ४५ बलमा ७७ रन बनाएर अविजित रहे। जबकि आयुष म्हात्रेले ४८ बलमा ९४ रनको इनिङ खेले। लुंगी न्गिडीले ३ विकेट लिए।

यसअघि, बैंगलोरका लागि रोमारियो शेफर्डले १४ बलमा सिजनको सबैभन्दा छिटो अर्धशतक बनाएका थिए। उनले ६ छक्का र ४ चौका प्रहार गरे। विराट कोहलीले ६२ रन र ज्याकोब बेथेलले ५५ रन बनाए। मथिशा पाथिरानाले ३ विकेट लिए ।

प्रकाशित मिति: २०८२ बैशाख २१, आइतवार ०५:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको