चेन्नईले कोलकाताको खेल बिगार्‍यो, कोलकता २ विकेटले पराजित



जनकपुरधाम, बैशाख २४ । आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ। टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पछ्यायो। कप्तान एमएस धोनी १७ रन बनाएर अविजित रहे ।

डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाए । उर्विल पटेलले ११ बलमा ३१ रन बनाए। वैभव अरोराले ३ विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

इडेन गार्डेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो। कप्तान अजिंक्य रहाणेले ४८ रन बनाए। आन्द्रे रसेलले ३८ रन र मनिष पाण्डेले अविजित ३६ रनको योगदान दिए। नूर अहमदले ४ विकेट लिए।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधवार २३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको