भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँचको मृत्यु



एजेन्सी, वैशाख २५ । भारत उत्तराखण्डको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना भएको छ । तिर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको र दूई जना गम्भीर घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

देहरादुनबाट उडान भरेको हेलिकप्टर उत्तरकाशी गंगनानी नदि नजिक दुर्घटना भएको बताइएको छ । हेलिकप्टर दुर्घटनाको सूचना पाए लगतै उद्धारटोली घटनास्थल पुग्न लागेको हो ।

प्रकाशित मिति: २०८२ बैशाख २५, बिहिवार १०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको