प्रश्नपत्र आउटको आशंकामा दुई विद्यार्थी पक्राउ



काठमाडौँ, वैशाख २५ । कक्षा १२ को परीक्षा चलिरहेका बेला बिहीबार प्रश्नपत्र आउट भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँको बानेश्वरस्थित एम्बिसन कलेजका दुई जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहोराले बताएका छन्।

‘प्रश्नपत्र पहिले नै पाए कि भन्ने आशंकामा पक्राउ गरिएको हो,’  देशसञ्चारसँग उनले भने,’थप अनुसन्धान पछि खुल्नेछ।’

प्रकाशित मिति: २०८२ बैशाख २५, बिहिवार १२:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको