जनकपुरधाम, वैशाख २६ । जनता समाजवादी पार्टी नेपाल धनुषाको नयाँ नेतृत्वका भोली मतदान हुने भएको छ ।
हिजो (विहीवार) शुरु भएको प्रथम जिल्ला अधिवेशनको बन्द सत्र आज शुक्रवार सम्पन्न भए पछि निर्वाचन प्रक्रिया शुरु भएको छ ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदमा जय कुमार यादव , शत्रुधन यादव, पशुपति यादव, चन्देश्वर महतो र अच्छय कुमार यादवले उम्मेदवारी दिएका छन ।
त्यसै गरि दुई जना उपाध्यक्षका लागि जिवछ यादव, ललित कुमार मण्डल, दिनेश प्रसाद यादव, राम शंकर पासमान र अब्दुल मनान राईन गरि ६ जना उम्मेदवारी दिएका छन ।
सचिव पदमा राम एकवाल शर्मा, राम नारायण कापडी, धर्मेन्द्र कुमार गोइत, उमेश प्रसाद महतो, सीता राम यादव, संजय कुमार यादव र दिपेन्द्र कुमार कापरी ले उम्मेदवारी दिएका छन ।
यता दुई जना उपसचिव पदका लागि , राम बिहारी यादब, श्याम कुमार राउत, सीता कुमारी देवी मण्डल , वेचन महतो , शशि चन्द्र यादब र दिनेश महतोले उम्मेदवारी दिएका छन भने कोषाध्यक्ष पदमा सुजिता यादव, मो. नजामुद्दिन अंसारी र अशोक कुमार यादवले उम्मेदवारी दिएका छन । त्यस्तै ५० जना सदस्य पदका लागि कुल ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
नयाँ नेतृत्वको लागि शनिवार तीन बजे देखी मतदान ह्ुने निर्वाचन समितिका संयोजक राम छविला यादवले जनाएका छन ।
आज उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको लागि भोली शनिवार उम्मेदवारी फिर्ता, दावी विरोध सहितको कार्यक्रम रहेको छ ।
अधिवेशनमा जिल्ला भरि बाट कुल ३ सय ४० प्रतिनिधि रहेको छ ।




