नयाँ दिल्ली, बैशाख २७ । भारतीय सेनाले शुक्रबार राति जम्मू नजिकै पाकिस्तानी चौकी र आतंकवादी लन्च प्याड ध्वस्त पारेको छ। भारतवाट ड्रोनहरू प्रहार गरिएको समाचार एजेन्सीले रक्षा स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको छ ।
यसैबीच, पाकिस्तानले शनिबार बिहान लगातार चौथो दिन भारतमाथि ड्रोन र मिसाइलले आक्रमण गरेको छ। पञ्जाबको श्रीनगर र पठानकोट एयरबेसमा ठूलो विस्फोटको आवाज सुनिएको छ। अमृतसरमा पनि आक्रमण भएको छ।
यसअघि, शुक्रबार राति ८ः३० बजेपछि, पाकिस्तानले राजस्थान, गुजरात, पञ्जाब र जम्मू कश्मीर गरी चार राज्यका २६ शहरहरूमा ड्रोन आक्रमण गरेको थियो।
श्रीनगर विमानस्थलमा पनि आक्रमण भयो । जम्मूको अवन्तीपोरा वायुसेना स्टेशनमा ड्रोन आक्रमण विफल। यहाँ ठूलो विस्फोटको आवाज सुनियो। अर्कोतर्फ, चण्डीगढ र अम्बालामा हवाई आक्रमणको चेतावनी जारी गरिएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको तनाव सकेसम्म चाँडो अन्त्य हुनुपर्ने बताएका छन् ।




