जनकपुरधाम, बैशाख २८ । स्वतन्त्र सांसद अमरेश सिंहले कमलाको पुल कहिले बन्छ भनेर सदनमा प्रश्न गरेका छन् । आज प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सिंहले सो प्रश्न गरेका छन् ।
कमलामा पुल बनेपछि घण्टौंको बाटो सामान्य बन्ने बताउँदै सांसद सिंहले जो प्रधानमन्त्री र मन्त्री आए पनि आश्वासन बाहेक अरु केही पाउन नसकेको आरोप लगाए । उनले कमला पुल निर्माणमा छिटो भन्दा छिटो निर्माणमा सरकारले ध्यानदिनुपर्ने बताए ।




